लामो समय हिमाल खबर पत्रिकामा लेखनको अनुभव बटुलेका पत्रकार डम्बरकृष्ण श्रेष्ठ ‘अनुशिल’द्वारा लिखित ‘नेपाली प्रवासन नियति र रहर’ हङकङमा समेत लोकार्पण गरिएको छ।
कोरोना भाईरसको त्रासादीपूर्ण परिस्थितिमासमेत लोकार्पण कार्यक्रममा करिब ३ दर्जन भन्दा बढी नेपालीको उपस्थिति रहेको थियो।
पिक्टोरियल सहित २७१ पेज लामो उक्त कृतीमा पत्रकार श्रेष्ठले आफ्नो २२ बर्षे लामो पत्रकारिताको अनुभवमा ‘खोजी पत्रकारिता’ मार्फत रिपोर्टिङको सङ्ग्रह हो।
हङकङका आईडी होल्डर समेत भएका श्रेष्ठलेले पुस्तकमा झन्डै ४० लाख प्रवासी नेपालीहरुको पिडाको उत्खनन्, दलालीहरुको कस्मेटिक जीवन उदांगो पारेका छन्।
कार्यक्रममा विभिन्न बक्ताहरुले पुस्तक बारे चर्चा गरेका थिए। त्यस क्रममा रेस्टुरेन्ट ब्यवसायी तथा साहित्यकार कमल पौडेलले उक्त कृति एक अमर अभिलेख भएको बताए।
‘कृति प्रवासी नेपालीहरुको नालिबेली हो, जहाँ उनिहरुको आदि देखि अन्त्य सम्म समेटिएका छन्,’ उनले भने।
अर्का बक्ता कानुन ब्यवसायी ईन्सका अध्यक्ष ईन्द्र वनेमले कृतिलाई साहित्यिक मात्र नभएर एक सनसनीपूर्ण खोजमुलक दस्तावेज भएको बताए।
उक्त कृति वैदेशिक रोजगार सम्बन्धि सरकारी नीति निर्माताहरुको लागिसमेत उपयोगी हुन सक्ने दाबी उनको थियो।
आयोजक संस्थाका अध्यक्ष किसन राईले आफूले लेखकसँग लामो समयदेखि संगत गरेको चर्चा गर्दै कृति उत्कृष्ठ भएको बताए। उक्त कृतीमा लेखकले विभिन्न समयमा लेखेको लेख, सम्पादित तथा समय सापेक्ष पुनर्लेखन भै प्रकाशित भएका उनको भनाई थियो।
पत्रकार श्रेष्ठले कृतिमा बैदेशिक रोजगारको शिलशिलामा एशियाका विभिन्न मुलुकमा प्रबासी जीवन विताइरहेका नेपाली, युरोप तथा अमेरिका पुगि प्रत्यक्ष अवलोकन र कुराकानीको आधारमा लेखिएको रिपोर्टिङको सङ्ग्रह भएको बताए।

प्रतिक्रिया