सुदूरपश्चिम प्रदेश सरकारले वितरण गरेको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको पाइएको छ।
सामाजिक विकास मन्त्रालयले डिलासैनी गाउँपालिकालाई दिएको एम्बुलेन्समा वन्यजन्तु ओसारपसार भएको पाइएको हो।
आइतबार कञ्चनपुरबाट डिलासैनी गाउँपालिकातर्फ जाँदै गरेको सु प प्र ०१ ००१ झ ३४६ नम्बरको एम्बुलेन्समा मरेको चित्तल फेला परेको प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिए।
इलाका प्रहरी कार्यालय गोकुलेश्वरले जाँच गर्दा एम्बुलेन्समा चित्तल फेला परेको हो।
चित्तल कहाँबाट ल्याइएको हो भन्ने खुल्न सकेको छैन। एम्बुलेन्स चालक महेश बोहरा र एम्बुलेन्सलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
चित्तल वन कार्यालयलाई बुझाइएको र चालकलाई कानूनअनुसार कार्वाही गरिने प्रहरीले जनाएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले गत कात्तिकमा डिलासैनीसहित १६ स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरेको थियो।

प्रतिक्रिया