सुदखोरबाट पीडित नागरिकले सर्लाहीमा प्रदर्शन गरेका छन्।
सदरमुकाम मलंगवामा विरोध प्रर्दनसहित उनीहरुले शुक्रबार जिल्ला प्रशासन कार्यालय सर्लाही मार्फत प्रधानमन्त्रीलाई ज्ञापन–पत्र पठाएका छन्।
पीडितको ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले पत्र तत्काल प्रधानमन्त्रीलाई पठाइने जानकारी दिएका थिए।
प्रदर्शनमा सहभागी हुन सुदखोरको मिटरब्याजबाट पीडित सयौँ सर्वसाधारण सदरमुकाम पुगेका थिए।
पीडितको जुलुसमा राष्ट्रिय सभाका सांसद राधेश्याम पासवान, नेकपाका नेता डाचाराज वाग्ले, कमल बुढाथोकी, अर्जुन पन्त, महिला नेतृ पदमा मोक्तान लगायत पनि सहभागी थिए।
सुदखोर रामबाबु राय र सञ्जय रौनियारबाट सर्लाहीसहित तराईका विभिन्न जिल्लाका करिब १३ सय सर्वसाधारण पीडित छन्।
एक महिनाअघि पीडितले राजधानी काठमाडौँ आएर आफ्ना समस्या नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), बरिष्ठ नेता माधवकुमार नेपाल, गृहमन्त्री रामबाहादुर थापा (वादल), प्रहरी महानीरिक्षक सर्वेन्द्र खनालसहितलाई सुनाएका थिए।
सुदखोर रायलाई प्रहरीले त्यतबेलै पक्राउ गरे पनि अर्का सुदखोर रौनियार भने फरार छन्। राय राजपाका नेता हुन् भने रौनियार बाबुराम भट्राई नेतृत्वको तत्कालिन जयाँ शक्तिका नेता हुन्।
रौनियारको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रमुख एसपी विश्वमणि पोखरेलले जानकारी दिए।
रायविरुद्ध २८ जना पीडितले २० करोड ४४ लाख रुपैयाँबराबरको बिगो दावीसहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन्।
प्रहरीले खोजी सुरु गरेपछि रौनियार भने भारततिर भागेका छन्। उनको भारतीय नागरिकतासमेत रहेको पीडितले बताएका छन्।
Shares

प्रतिक्रिया