समाज


रेबिज संक्रमणबाट काठमाडौँमा एक जनाको मृत्यु

रेबिज संक्रमणबाट काठमाडौँमा एक जनाको मृत्यु

नेपालखबर
असार ८, २०८३ सोमबार १४:१८, काठमाडौँ

रेबिज संक्रमणबाट काठमाडौँको चन्द्रागिरि नगरपालिकाका एक जनाको मृत्यु भएको छ। 

रेबिज संक्रमणपछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा भर्ना भएका एक ४८ वर्षीय पुरूषको उपचारका क्रममा शनिबार मृत्यु भएको हो।

अस्पतालका मेडिकल रेकर्डर समीर अधिकारीका अनुसार ती व्यक्ति असार ५ गते भर्ना भएका थिए। त्यसको भोलिपल्ट उनको मृत्यु भएको उनले जानकारी दिए। ती पुरुषले रेबिजविरुद्धको खोप (एआरभी) नलगाएको उनले बताए। लक्षणहरू देखिइसकेपछि रेबिजको मृत्युदर शतप्रतिशत हुने अधिकारी बताउँछन्। 

चिकित्सका अनुसार रेबिज भाइरसले घाँटी र सास फेर्ने नलीका मांसपेशीहरू एकदमै कडा हुन्छन् र खुम्चिन्छन्। केही निल्न खोज्दा वा पानी देख्दा मात्रै पनि घाँटीमा असह्य पीडा हुने भएकाले बिरामी पानीदेखि एकदमै डराउँछन्। 

रेबिज संक्रमण भएपछि शरीरका विभिन्न अंगहरूले काम गर्न छाड्छन्। त्यसपछि मृत्यु हुने चिकित्सक बनाउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad