श्रम संस्कृति पार्टी अध्यक्ष एवं सांसद हर्कराज राई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा कारबाहीमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले लापरबाहीसाथ सवारी चलाएको कसुरमा कारबाही गरेको हो।
राईले एक हातले सवारी साधनको ह्यान्डल र अर्को हातले मोबाइल फोन समातेर भिडियो लाइभ गर्दै लापरबाहीपूर्ण तरिकाले मोटरसाइकल चलाएका थिए।
सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण (लाइभ) गर्दै मोटरसाइकल चलाउने क्रममा सन्तुलन गुमाउँदा केही दिनअघि राई दुर्घटनामा परेर सामान्य घाइते भएका थिए। दुर्घटना कटारीबाट धरानतर्फ आउने क्रममा भएको अनुमान गरिए पनि उनले घाइते भइसकेपछि कोसी नदी क्षेत्रमा पुगेर पुनः भिडियो बनाएर सार्वजनिक गरेका थिए।
लापरबाहीपूर्ण तरिकाले मोटरसाइकल चलाएपछि सामाजिक सञ्जालमा समेत राईको आलोचना भएको थियो।
Shares

प्रतिक्रिया