समाज


टीभी च्यानल बन्द गर्ने केबुल व्यवसायीविरुद्ध प्रहरीमा उजुरी

टीभी च्यानल बन्द गर्ने केबुल व्यवसायीविरुद्ध प्रहरीमा उजुरी

नेपालखबर
असार १०, २०७६ मंगलबार १३:१२,

इन्टरनेट तथा टेलिभिजन सेवा प्रदायक कम्पनी विरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा उजुरी परेको छ।

सुविसु केवल नेट प्रालिका सञ्चालक सुधिर पराजुली र वागेश्वरी केवल टेलिभिजन प्रालिका सञ्चालक लक्ष्मीनारायण शाहविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चले उजुरी दर्ता गरेको हो।

इन्टरनेट तथा टेलिभिजन सेवामा विदेशी च्यानलका टेलिभिजन प्रशारणमा अवरोध पुर्‍याइ करोडौं रकम भुक्तानी गरिसकेका लाखौँ नेपाली उपभोक्तामाथि अन्याय गरेको आरोप लगाउँदै मञ्चले उजुरी दर्ता गरेको जानकारी दिएको छ।

सार्वजनिक सेवा टेलिभिजन अवरुद्ध पार्ने अपराधजन्य कार्यमा संलग्न व्यक्तिलाई सजाय गर्न र अवरुद्ध सेवा सञ्चालन गरी उपभोक्ताको हित संरक्षण तथा पीडित उपभोक्तालाई क्षतिपूर्ति भराउन माग गर्दै मञ्चका उपमहासचिव अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले उजुरी दर्ता गरेका हुन्।

विदेशी टेलीभिजन च्यानलहरुमा क्लिनफिड लागु गर्ने सरकारको तयारी विरुद्ध नेपाल केवल टेलिभिजन महासंघले सोमबार दिउँसो तीन बजेदेखि विदेशी च्यानलहरु २४ घण्टाका लागि प्रसारण बन्द गरेको थियो।

‘विना कारण च्यानल बन्द गरे कारवाही’
यसैबीच सरकारले बिना कारण टेलिभिजन च्यानल बन्द गर्ने सेवा प्रदायकलाई कारबाही गर्ने चेतावनी दिएको छ।

सूचना तथा प्रशारण विभागले मंगलबार प्रेस विज्ञप्ति प्रकासित गरी ‘विना कारण र पर्याप्त आधार विना नियमित प्रशारण रोक्दा जनताको सूचना प्राप्त गर्ने हक अधिकार र उपभोक्ताको हक हितमा समेत असर पर्ने हुँदा नियमित प्रशारण रोक्ने काम नगर्न÷नगराउनुहुन’ अनुरोध गरिएको छ।

विभागका निर्देशक सुदीप भट्टराईले टेलिभिजन च्यानलहरु रोकेको पाइएमा कारवाही गर्ने चेतावनी समेत दिएका छन्।

नेपाल सरकारले विदेशी च्यानलहरुमा क्लिन फिड लागु गर्ने गरी तयार पारेको विज्ञापन सम्वन्धी विधेयकको मस्यौदा हाल संसदमा विचारधिन छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .