उपत्यकाका दुई महानगरपालिकाले २० अर्बको बजेट ल्याएका छन्। दुई महानगरहरु काठमाडौंले १५ अर्ब ५० करोड ७० लाख र ललितपुरले ५ अर्ब १७ करोड ९६ लाखको बजेट प्रस्तुत गरेका हुन्।
आगामी आर्थिक वर्ष २०७६÷२०७७ का लागि काठमाडौं महानगरकी उपमेयर हरिप्रभा खड्गीले १५ अर्बको विनियोजन विधेयक प्रस्तुत गरेकी हुन्। पर्यटन तथा सम्पदा संरक्षण, वातावरण उद्यान, सहरी योजना, सार्वजनिक निजी साझेदारी कार्यक्रम, सूचना तथा सञ्चार, जनस्वास्थ्य सेवा कार्यक्रम, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय सम्बन्ध, कृषि तथा पशुसेवा, प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि बजेट विनियोजन गरिएको छ।
त्यस्तै ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले पेस गरेको आगामी आवको महानगरको बजेटमा पूर्वाधार विकास, सामाजिक सुरक्षा, आर्थिक विकास, सामाजिक विकास, वातावरण तथा विपद् व्यवस्थापन, संस्थागत विकास र सुशासनका लागि बजेट विनियोजन गरिएको छ। ललितपुर महानगरले एक घर एक उद्यम नाराको कार्यक्रम, हरियाली पार्क निर्माण जस्ता कार्यक्रम सार्वजनिक गरेको छ।
दुइ महानगरकाे बजेटमा करिब १० अर्बकाे अन्तर देखिएकाे छ।
Shares

प्रतिक्रिया