समाज


चाेरकाे अनाैठाे शैली: ‘बाघको छाला’ ओढेर चोरी

चाेरकाे अनाैठाे शैली: ‘बाघको छाला’ ओढेर चोरी

नेपालखबर
मंसिर ४, २०७६ बुधबार १३:३०,

रातको समयमा बाघको छाला जस्तो देखिने तन्ना ओढेर चोरी गर्दै हिँडेका एक ब्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा बाजुरको गौमुल गाउँपालिका–२ दहकोट घर भई हाल काठमाडौंको खाडिपाखा बस्ने वर्ष २१ को दिनेश बिक रहेका छन्। प्रहरीले उनलाई टोखा नगरपालिका– १३ पुलान्तमार्गस्थित मोहन गौतमले सञ्चालन गरेको पर्वत पोखरा गुल्मी एण्ड दाङ गेष्ट हाउसबाट पक्राउ गरेको हो।

दिनेशले काठमाडौंको रोयल कम्प्लेक्समा रहेको सिजनल सटिङ एण्ड सुटिङ टेलरिङ सेन्टरबाट करिब ६ लाखको सामान चोरी गरेको प्रहरीले जनाएको छ। यस्तै उनको साथबाट चोरीका लत्ताकपडा, मोबाइल, नगद २५ हजारलगायत विभिन्न सामान बरामद भएको छ

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी उमेश लम्सालका अनुसार पक्राउ परेका उनले रातको समयमा बाघको छाला जस्तो तन्ना ओढेर चोरी गर्ने गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad