चर्चित गायक पप गायक धिरज राई ‘प्रवल जनसेवा श्री चतुर्थ’ बाट सम्मानित हुने भएका छन्। बुद्ध नेपालमा जन्मेको सन्देश विश्वभर फैलाउन लागिपरेका राईलाई उनको सोही योगदानका लागि उक्त सम्मान प्रदान गर्न लागिएको हो।
गायक राईले बुद्ध नेपालमा जन्मिएको सन्देश दिन हालसम्ममा २५ वटा देशमा पुगेर कार्यक्रम गरेका छन्। उनको त्यो यात्रा अहिले पनि जारी छ। विश्वका करिब ५० प्रतिशत पुस्तकमा बुद्धको जन्मबारे गलत तथ्य लेखिएको अभियन्ता राई बताउँछन्।
२०७४ साल फागुन १९ गतेको दिन काठमाडौंको टुंडिखेलमा उनकै अगुवाईमा ‘बुद्ध वोर्न इन नेपाल’ कार्यक्रम सम्पन्न भएको थियो। जसमा १ लाख ३० हजार नेपालीहरु जम्मा भएका थिए।
3
Shares

प्रतिक्रिया