काठमाडौंमा सञ्चारकर्मी रूपा सुनारलाई जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी घरबेटीलाई छुटाएको विरोधमा आइतबार सर्लाहीमा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गरिएको छ।
शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला जलाइँदै।
छुवाछुतका अभियुक्तलाई सरकारको झन्डावाल गाडीमा राखेर घर पुर्याएका शिक्षमन्त्री श्रेष्ठको राजीनामा माग्दै संयुक्त दलित संघर्ष समिति (सर्लाही) ले सदरमुकाम मलंगवामा विरोध प्रदर्शन गरेको हो।
रूपा सुनारलाई न्याय र दोषीलाई कारबाहीका लागि आवाज उठाउँदै प्रदर्शन गरिएको दलित अधिकारर्मी राजेश पासवानले जानकारी दिए।
त्यस क्रममा सदरमुकाम मलंगवास्थित सहिद चोकमा शिक्षामन्त्री श्रेष्ठको पुत्ला दहन गरिएको उनले बताए।
कार्यक्रममा जातीय विभेद बन्द गर, मतियार मन्त्री राजीनामा दे, रूपा सुनारलाई न्याय दे लगायत नारा लगाइएको थियो।
Shares

प्रतिक्रिया