ad ad

राजनीति


चिनलाई चिढ्याउँदै जापानले फिलिपिन्सका सेनालाई प्रदान गर्न थाल्यो रक्षा सामग्री

चिनलाई चिढ्याउँदै जापानले फिलिपिन्सका सेनालाई प्रदान गर्न थाल्यो रक्षा सामग्री

नेपालखबर
बैशाख २२, २०७८ बुधबार १०:२८,

फिलिपिन्सको रक्षा तथा विदेश मन्त्रालयका अधिकारीहरुले जापानले फिलिपिन्सका सेनालाई रक्षा सामग्री पठाएको जानकारी दिएका हुन्।

जापानले पहिलोपटक विदेशी सेनालाई आफ्ना आत्म–रक्षा बल एसडीएफले प्रयोग गर्दै आएको रक्षा सामगी्रहरु पठाएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।

एसडीएफ जापानका शक्तिशाली थल सेना मानिन्छन्। एसडीएफले प्रयोग गर्ने सामग्रीमा बन्दुक, बम, मिसाइल, ट्यांक, युद्धक विमानजस्ता सामग्री पर्दछन्।

पूर्वी र दक्षिण चीन सागरको विषयमा फिलिपिन्स र चीनबीच द्वन्द्वको अवस्था निम्तिएको समयमा जापानले फिलिपिन्ससँग रक्षा सम्बन्ध थप प्रगाढ बनाउन खोजेको हो।

सन् २०१५ मा यसअघि जापान र फिलिपिन्सबीच तट क्षेत्रको रक्षा, पूर्वाधार तथा विपदका बेला सहयोग गरिने सम्झौता भएको थियो।

जापानको रक्षा मन्त्रालयका एक अधिकारीले भनेका छन्,‘हामी विश्वास गर्दछौं कि सहयोगको प्रावधानले रणनीतिक रूपमा महत्त्वपूर्ण क्षेत्रीय साझेदारसँग द्विपक्षीय सम्बन्ध थप प्रगाढा हुनेछ।’

सन् २०१६ देखि सन् २०१८ मा जापानले प्रदान गरेको वैदेशिक सहायताबाट फिलिपिन्सले १० वटा ४४ मिटर लामो गस्ती डुंगा प्राप्त गरेको थियो। सन् २०२२ भित्र ९४ मिटर लामो थप दुई डुंगा फिलिपिन्सले पाउँदैछ।

यसरी आफूसँग विवादमा रहेको राष्ट्रलाई रक्षा सहायता प्रदान गर्ने भएपछि चीन जापानसँग रुष्ट बन्ने निश्चित भएको विज्ञहरु बताउँछन्।

उसैपनि चीन जापानसँग सन्तुष्ट छैन। क्वाडमा आवद्ध जापानले अमेरिकालाई समर्थन जनाउँदै दक्षिण चीन सागरमा चीनको दाबी अस्वीकार गर्दै आएको छ भने इन्डो–प्यासिफिक क्षेत्रमा चिनको रबैयाविरुद्ध एक भएर उभिने बताएको छ।

चीनले क्वाड बेइजिङको विकास विरोधी मोर्चा भएको बताउँदै आएको छ।

फिलिपिन्स र चीनको विवाद के हो?

दक्षिण चीन सागरको ९० प्रतिशत पानीमा आफ्नो अधिकार भएको चीनको भनाइ छ। तर अन्य दाबीकर्ता मूलुकसँगै फिलिपिन्सले पनि यस सागरमा आफ्नो दाबी प्रस्तुत गर्दछ।

गत महिना मात्र दक्षिण चीन सागरस्थित आफ्नो समुद्री क्षेत्रमा चीनका दुई सय डुंगा घुसेको भन्दै फिलिपिन्सले आपत्ति जनाएको थियो।

हालसम्म पनि चीनका डुंगा आफ्नो क्षेत्रमा नगएपछि फिलिपिन्स चीनसँग रुष्ट छ।

फिलिपिन्सले चीनलाई तत्काल उसको २ सय २० डुंगा हटाउन आग्रह गर्दासमेत चीनले डुंगा हटाएको छैन।

चीनका ती डुंगाहरु माछा मार्ने प्रयोजनका लागि प्रयोग भएको चीनको भनाइ छ, तर फिलिपिन्सले त्यहाँ हतियारसहितका लडाकुहरु भएको बताएका छन्।

फिलिपिन्सको समुद्री क्षेत्रनजिक चीनका सयौं डुंगाहरु आएपछि नै फिलिपिन्सले पनि चीनले दाबी गर्ने जलक्षेत्रमा आफ्नो सेना पठाएको छ।

विवादित जलक्षेत्रमा सैन्य जहाजहरु पठाएसँगै त्यहाँका राष्ट्रपति रोड्रिगो डुटेर्तेले दक्षिण चीन सागरबाट आफूले सेनाहरु नफर्काउने चीनलाई चुनौती दिएका छन्।

देशको सार्वभौमिकताको विषयमा कुनै सम्झौता र छलफल नहुने बताउँदै डुटेर्तेले चीनबाट आफूहरुले कुनै किसिमको समस्या नचाहेको र आफूले युद्ध नचाहेको बताएका छन्।

तर यदी चीनले आफूविरुद्ध कदम चाले फिलिपिन्सले त्यसको प्रतिकार गर्ने डुटेर्तेको भनाइ छ।

कोरोना प्रकोपबीच चीनबाट फिलिपिन्सले धेरै सहयोग प्राप्त गरेको थियो। तर अहिले चीनले उसका डुंगाहरु फिलिपिन्सले दाबी गर्ने जलक्षेत्रमा पठाएपछि उ र फिलिपिन्सबीचको सम्बन्ध बिग्रिएको छ।

हालै चीनले फिलिपिन्सलाई उसका माछामार्ने जहाजहरु उक्त सागरबाट फर्काउन चेतावनी दिएको थियो। तर दक्षिण चीन सागरबाट आफ्ना डुंगाहरु नफिर्किने मंगलबार फिलिपिन्सले बताएको छ।

याे पनि: चीनले दाबी गर्ने सागरमा फिलिपिन्सले सैन्य जहाज पठाउने, डुटेर्तेले भनेः रक्तपात निम्तिनेछ

 आफ्नो समुद्री क्षेत्रमा दुई सय चिनियाँ डुंगा घुसेको भन्दै फिलिपिन्स बन्यो रुष्ट

 चीनले दाबी गर्ने सागरबाट सेना नफर्काउने फिलिपिन्सको भनाइ, भन्योः युद्ध चाहँदैनौं

– फिलिपिन्सको आरोपः बेइजिङ दक्षिण चीन सागरको धेरै क्षेत्र कब्जा गर्न चाहन्छ

– चीनले दाबी गर्ने सागरमा फिलिपिन्स र अमेरिकाद्वारा युद्ध अभ्यास गर्ने घोषणा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .