राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी मंसिर अन्तिम साता केन्द्रीय महाधिवेशन गर्ने भएको छ।
शनिबार सम्पन्न राप्रपाको केन्द्रीय कार्यसमितिको बैठकले महाधिवेशनको मिति तय गरेको हो। आगामी मंसिर २६ देखि २८ गतेसम्म काठमाडौँमा महाधिवेशन गर्ने निर्णय भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए।
यसका लागि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षमा महाविधेशन मूल आयोजक समिति पनि गठन गरिएको छ। मूल आयोजक समितिमा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य, पदाधिकारी एवं केन्द्रीय समितिका सदस्य, सल्लाहकार समितिका अध्यक्ष तथा सदस्य, विभिन्न केन्द्रीय विभागका प्रमुख, प्रदेश अध्यक्ष, सबै जिल्ला अध्यक्ष, प्रतिनिधि सभा र प्रदेश सभाका सांसद, सबै भातृ संगठनका अध्यक्षहरू सदस्य रहनेछन्।
महाधिवेशनअघि राप्रपाले मातहतका निकायको अधिवेशनको मिति पनि तय गरेको छ। आगामी भदौ मसान्तभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ। त्यस्तै, आगामी असोज १५ देखि २४ गतेसम्म सात वटै प्रदेशको प्रदेश अधिवेशन तोकिएको छ।
सक्रिय सदस्यता वितरण कार्यलाई आगामी भदौ मसान्तसम्म अभियानको रुपमा सन्चालन गर्ने, भदौ मसान्तसम्म सक्रिय सदस्यता प्राप्त गरेकाहरूलाई मात्र महाधिवेशन प्रतिनिधिको मतदाता तथा उमेदवार हुन पाउने पनि राप्रपाले निर्णय गरेको छ।
त्यस्तै, आगामी कात्तिक ११ देखि ३० गतेसम्म सबै जिल्लाको सबै प्रदेशसभा क्षेत्रीय निर्वाचन समितिले पार्टीको विधान बमोजिम सक्रिय सदस्यमध्येबाट केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट गरी मंसिर ७ गतेभित्र केन्द्रीय निर्वाचन समिति र पार्टी केन्द्रीय सचिवालयमा पठाउनुपर्ने तय गरेको छ।
प्रदेश सभा निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन गर्दा युवा प्रतिनिधित्व सुनिश्चित गरिनुपर्ने व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
राप्रपा केन्द्रीय कार्यसमितिले गरेका निर्णय:



Shares

प्रतिक्रिया