ad ad

राजनीति


चीनले दाबी गर्ने सागरमा फिलिपिन्स र अमेरिकाद्वारा युद्ध अभ्यास गर्ने घोषणा

चीनले दाबी गर्ने सागरमा फिलिपिन्स र अमेरिकाद्वारा युद्ध अभ्यास गर्ने घोषणा

नेपालखबर
चैत ३०, २०७७ सोमबार १२:४५,

आइतबार फिलिपिन्सका सेना प्रमुख लेफ्टिनेन्ट जनरल सिरिलिटो सोबेजनाले संयुक्त सैन्य अभ्यास आगामी दुई हप्तासम्म लगातार चल्ने जानकारी दिएका हुन्।

फिलिपिन्सका अनुसार यो वार्षिक वार गेम सन् २०२० मा हुने तय भएको थियो। तर कोरोना भाइरसका कारण स्थगित गरिएको थियो।

यस अभ्यासमा ७ सय अमेरिकी सेना र १३ सय फिलिपिन्सका सेना सहभगी हुनेछन्।

सेना प्रमुख सिरिलिटोले आतंकवादीको आक्रमणको क्षमतालाई मापन गर्न त्यस्ता खतरालाई जवाफ दिन सैन्य अभ्यास हुन लागेको बताए।

उनका अनुसार यो सानो अभ्यासले दुईवटा सेनाको गठबन्धनबीच सम्पर्क बढाउने छ।

तर फिलिपिन्स र अमेरिकाको यस कार्यले चीन ज्यादै रुष्ट बन्ने विश्लेषकहरुको अनुमान छ। हालसम्म यो सैन्य अभ्यासको विषयमा चीनले कुनै प्रतिक्रिया जनाएको छैन।

तर चीनले दक्षिण चीन सागरको ९० प्रतिशत जलक्षेत्रमा आफ्नो अधिकार भएको दाबी गर्दै आएको छ।

व्यापारिक दृष्टिकोणबाट ज्यादै रणनीतिक जलक्षेत्र मानिएको यस सागरमा चीनसँगै फिलिपिन्स, ब्रुनाइ, ताइवान, भियतनाम, मलेसिया र इन्डोनेसियाले पनि दाबी प्रस्तुत गर्दै आएका छन्।

चीनले यहाँ कृतिम टापु खडा गरेर सेनाहरु तैनाथ गरिसकेको छ। यी दाबीकर्ता मुलुकले चीनको यस कार्यलाई तानाशाही भनिरहेको समयमा अन्तर्राष्ट्रिय अदालतको सन् २०१६ को फैसलालाई आधार मान्दै अमेरिकी नौसेनाहरु पनि यहाँ आइपुगेका छन्।

अमेरिकाले चीनको दाबी अवैधानिक भएको भन्दै दक्षिण चीन सागर साझा भएको र यसमा चीनको मात्र अधिकार नभएको बताउँदै आएको छ।

तर आफूले दाबी गर्ने जल क्षेत्रमा चीनले अन्य दाबीकर्ता मुलुकको अस्तित्वलाई नै स्वीकार गर्दैन झन् टाढको अमेरिकी सैन्य गतिविधि यहाँ बढेपछि चीन अमेरिकादेखि क्रुद्ध छ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .