समाज


संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक

संस्कृत विश्वविद्यालयका उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिवको ‘सर्टलिस्ट’ सार्वजनिक

नेपालखबर
असार ५, २०८३ शुक्रबार २१:६, काठमाडौँ

नेपाल संस्कृत विश्वविद्यालयको उपकुलपति, शिक्षाध्यक्ष र कुलसचिव पदका लागि आवेदन दिएकामध्ये अल्पसूची (सर्टलिस्ट)मा छनोट भएका आवेदकहरूको नामावली सार्वजनिक गरिएको छ।

उपलकुलपतिका लागि ५, शिक्षाध्यक्षका लागि ७ र कुलसचिवका लागि ८ जनाको नाम छनोट भएको हो। उनीहरूलाई प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि बोलाइएको शिक्षा तथा खेलकुद मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार कुलसचिवका लागि असार १०, शिक्षाध्यक्षका लागि ११ र उपलकुलपतिका लागि छनोट भएका उम्मेदवारहरूलाई असार १२ गते प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि बोलाइएको हो। प्रस्तुतीकरण र अन्तर्वार्ता शिक्षा मन्त्रालयमा हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad