ad ad

राजनीति


चीनले दाबी गर्ने सागरबाट सेना नफर्काउने फिलिपिन्सको भनाइ, भन्योः युद्ध चाहँदैनौं

चीनले दाबी गर्ने सागरबाट सेना नफर्काउने फिलिपिन्सको भनाइ, भन्योः युद्ध चाहँदैनौं

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार ११:४८,

विवादित जलक्षेत्रमा सैन्य जहाजहरु पठाएसँगै त्यहाँका राष्ट्रपति रोड्रिगो डुटेर्तेले दक्षिण चीन सागरबाट आफूले सेनाहरु नफर्काउने भन्दै चीनलाई चुनौती दिएका छन्।

देशको सार्वभौमिकताको विषयमा कुनै सम्झौता र छलफल नहुने बताउँदै डुटेर्तेले चीनबाट आफूहरुले कुनै किसिमको समस्या र युद्ध नचाहेको बताएका छन्।

फिलिपिन्सको समुद्री क्षेत्रनजिक चीनका सयौं माछा मार्ने डुंगाहरु आएपछि फिलिपिन्सले पनि चीनले दाबी गर्ने जलक्षेत्रमा आफ्नो सेना पठाएको हो।

दक्षिण चीन सागरमा फिलिपिन्सको पनि दाबी छ त्यसकारण आफ्नो अधिकारको लागि भन्दै उसले त्यहाँ सेना पठाएको हो।

याे पनि: चीनले दाबी गर्ने सागरमा फिलिपिन्सले सैन्य जहाज पठाउने, डुटेर्तेले भनेः रक्तपात निम्तिनेछ

डुटेर्तेका अनुसार चीन फिलिपिन्सको असल मित्र हो। कोरोनाविरुद्धको अभियानमा पनि चीनको साथ फिलिपिन्सलाई मिलेको छ।

यद्यपी रोड्रिगोका अनुसार दक्षिण चीन सागरको विषयमा कुनै छलफल र सम्झौता हुनेछैन।

‘म चीनलाई यो भन्न चाहन्छु कि हामी कुनै किसिमको समस्या साथै युद्ध चीनसँग चाहँदैनौं। तर हामीलाई सो क्षेत्र छाड्न भनियो भने हाम्रो उत्तर ‘हुँदैन’ हुनेछ’ डुटेर्तेले भनेका छन्,‘त्यस्ता धेरै विषय छन् जुन वास्तवमा सम्झौताको विषय हँुदैनन्, मलाई आशा छ कि उनीहरूले बुझेका छन्, म मेरो देशको चासोको रक्षा गर्छु।’ एससीएमपी

यो पनिः आफ्नो समुद्री क्षेत्रमा दुई सय चिनियाँ डुंगा घुसेको भन्दै फिलिपिन्स बन्यो रुष्ट

– फिलिपिन्सको आरोपः बेइजिङ दक्षिण चीन सागरको धेरै क्षेत्र कब्जा गर्न चाहन्छ

– चीनले दाबी गर्ने सागरमा फिलिपिन्स र अमेरिकाद्वारा युद्ध अभ्यास गर्ने घोषणा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .