ad ad

राजनीति


फिलिपिन्सको आरोपः बेइजिङ दक्षिण चीन सागरको धेरै क्षेत्र कब्जा गर्न चाहन्छ

फिलिपिन्सको आरोपः बेइजिङ दक्षिण चीन सागरको धेरै क्षेत्र कब्जा गर्न चाहन्छ

नेपालखबर
चैत २२, २०७७ आइतबार ११:४,

दक्षिण चीन सागर समुद्री व्यापारको एउटा प्रमखु जलमार्गको रुपमा परिचित छ। वर्षेनी खरबौं डलरको कारोबार हुने यस क्षेत्र सबैको रणनीतिक चासोको रुपमा रहँदै आएको छ।

चीन एक्लैले यो सागरको ९० प्रतिशत जलमा आफ्नो हक भएको दाबी गर्दछ। त्यसकारण उसले यस विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तथा हतियारहरु तैनाथ गरेको छ।

तर दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्ने अन्य मुलुकहरुले चीनको यस कार्यको विरोध गरेका छन्।

ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान तथा भियतनामले पनि यस सागर आफ्नो भएको दाबी गर्दछन्।

यसबीचमा चिनियाँ लडाकुसहितको डुंगाहरु आफ्नो जलक्षेत्र वरीपरी पुगेपछि फिलिपिन्सका रक्षामन्त्री डेल्फिन लोरेन्जनाले चीनको विरोध गर्दै भनेका छन्,‘चिनियाँ लडाकुसहितका डुंगाहरु हाम्रो जलक्षेत्र वरपर देखिनाले उसले पश्चिम फिलिपिन्स समुद्रमा पनि कब्जा जमाउन खोजेको देखिन्छ।’

हालै मात्र फिलिपिन्सले चीनका २ सयवटा डुंगाहरु आप्mनो जलक्षेत्र वरपर देखेको बताएका थिए। चीनले खराब मौसमका कारण ती डुंगाहरु त्यहाँ बसेको प्रतिक्रिया जनाएको थियो।

यतिबेला मौसममा सुधार आएको तर पनि चिनियाँ डुंगाहरु त्यही भएको बताउँदै रक्षामन्त्रीले भनेका छन्,‘म मूर्ख छैन। मौसम सफा भइसकेको छ र उनीहरु त्यहीँ बसिरहनुको अर्थ छैन।’

दक्षिण चीन सागरको चिनियाँ दाबीलाई अन्तर्राष्ट्रिय अदालतले पनि सन् २०१६ मा खारेज गरिदिएको थियो।

त्यसयता अमेरिकाले आफ्ना सहयोगी राष्ट्रको सुरक्षाको लागि भन्दै यस विवादित जल क्षेत्रमा सैन्य अभ्यास गर्दै आएको छ। यस कार्यबाट चीन रुष्ट छ। रोयटर्स

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .