राजनीति


यस्ता छन् मन्त्रिपरिषद्का ६ वटा निर्णय

यस्ता छन् मन्त्रिपरिषद्का ६ वटा निर्णय

नेपालखबर
असार ५, २०८३ शुक्रबार १८:२५, काठमाडौँ

मन्त्रिपरिषद्को बैठकले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपाल भट्टलाई नियुक्त गर्नेसहित ६ वटा निर्णय गरेको छ। 

शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले कैलालीका डा. भट्टलाई धितोपत्र बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। 

त्यस्तै, मन्त्रिपरिषद् बैठकले नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जागउने सम्बन्धी विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ। 

सरकारको तेस्रो निर्णयमा सहकारीसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृति गर्नेछ। 
यससँगै बचत तथा ऋण सहकारी (नियमन तथा सुपरीवेक्षण) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने पनि मन्त्रिपरिषद्ले निर्णय गरेको छ। 

पाँचौँ निर्णयमा राष्ट्रिय सेवा दलसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति प्रदान गर्ने रहेको छ। 

छैटौँ निर्णयमा विभिन्न चार वटा प्रतिस्पथापन विधेयकलाई संसद्मा पेश गर्न स्वीकृति प्रदान गर्ने रहेको छ। जसमा सहकारी ऐन २०७४, सार्वजनिक खरिद ऐन २०६३, सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण ऐन २०६४ र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad