राजनीति


राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाल पक्षसहितको विपक्षी मोर्चा, डा. देवकोटा साझा उम्मेदवार

राष्ट्रिय सभा उपनिर्वाचनमा नेपाल पक्षसहितको विपक्षी मोर्चा, डा. देवकोटा साझा उम्मेदवार

नेपालखबर
बैशाख २२, २०७८ बुधबार १०:२०,

राष्ट्रियसभाको उपनिर्वाचनमा नेकपा एमाले कै दुई नेता भिड्ने भएका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टी (जसपा) ले गठबन्धन बनाउँदै डा. खिमलाल देवकोटालाई उम्मेदवार बनाएका हुन्।

यस अघि नेकपा एमाले ओली समूहले रामबहादुर थापालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। बाग्मती प्रदेशको अन्य समूहतर्फ रिक्त भएको एक सिटका लागि जेठ ६ गते उपचुनाव हुँदैछ।

स्वतन्त्र खालको विज्ञलाई राष्ट्रिय सभामा लैजाँदा राम्रो हुने भएकाले उनको पक्षमा माओवादी केन्द्र रहेको माओवादीका मुख्य सचेतक देव गुरुङले बताए। उनले यही उपनिर्वाचनबाट माओवादी केन्द्र र माधव नेपाल समूहबीच कार्यकगत एकता सुरु भएको बताए।

'यही उपनिर्वाचनबाट उहाँहरुसँगको कार्यगत एकता सुरु भएको छ', गुरुङले नेपालखबरसँग भने।

माधव नेपाल निकट रहेका देवकोटा संघीयता विज्ञ हुन्। उनी प्रदेश ३ को योजना आयोगको उपाध्यक्षसमेत थिए।

थापा एमालेमा प्रदेश गरेपछि माओवादी केन्द्रले उनलाई कारवाही गरेको थियो। थापाको रिक्त स्थानमा निर्वाचन हुन लागेको हो।

यता लुम्बिनी प्रदेशको रिक्त स्थानमा एमाले प्रदेश सभाबाट राजीनामा दिएका दृगनारायण पाण्डेलाई साझा उम्मेदवार बनाउने सहमति भइसकेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .