प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सम्झौता गर्दा गर्दा हैरान भएको बताए।
‘कति सम्झौता गर्ने? मेरो एउटा ब्रिफकेस नै प्रचण्डसँगका सम्झौताले भरिएको छ,’ आफू पक्षका सुदूरपश्चिमका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले भने।
ओलीले २०७४ को चुनावको नतिजा आएसंगै प्रचण्डले अस्थिरता निम्त्याउन र आफूलाई निरन्तर असहयोग गरेको आरोप लगाएका छन।
उनले चुनावमा आएको नतिजालाई फागुन ३ गतेसम्म अड्काएको आरोप लगाए। ‘बहादुर भवनबाट शितलनिवास हिडैरै पुग्न १० मिनेट लाग्ने ठाउमा चुनावी नतिजा पुग्न भने फागुन ३ गतेसम्म लाग्यो, काङ्ग्रेससंग वार्ता गर्ने र मसंग बार्गेनिङ गर्नुभयो,’ ओलीले भने, ‘चुनाव बामपंथीसंग मिलेर लड्ने अनि दक्षिणपन्थीसंग मिल्ने?’
प्रचण्डलाई आफूले मित्रताले अंगालो हालेको तर प्रचण्डले धृतराष्ट«ले जस्तो अंगालो हालेको तर्क गरे।
‘उहाँहरु ममाथि अविस्वास प्रस्ताव, रास्ट्रपतिमाथी महाअभियोग लगाउन लाग्नु भयो। महान शान्तिगामी, परिवर्तनगामी देखिन खोज्दै हुनुहुन्छ।’
Shares
प्रतिक्रिया