ad ad

राजनीति


मञ्चमा रहेका चार मन्त्री देखाउँदै ओलीले भने : सुदूरपश्चिम मन्त्रीहरुको धनी प्रदेश हो

मञ्चमा रहेका चार मन्त्री देखाउँदै ओलीले भने : सुदूरपश्चिम मन्त्रीहरुको धनी प्रदेश हो

नेपालखबर
पुस १५, २०७७ बुधबार १०:४१,

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश अब पछाडि नपर्ने बताएका छन्।

मंगलबार बबरमहलको कार्की पार्टी प्यालेसमा उपत्यकमा उपलब्ध सुदूरपश्चिम प्रदेश स्तरीय बृहद् कार्यकर्ता भेलामा बोल्दै प्रधानमन्त्री ओलीले आफूले सुदूरपश्चिमबाट ४ जना मन्त्री बनाएको बताए।

उनले सुदूरपश्चिम प्रदेश मन्त्रीहरुको धनी प्रदेश भएको बताए।

Image may contain: 2 people, people sitting and people on stage

‘सुदूरपश्चिम अब पछाडि पर्दैन, हामीले मार्ग समाएका छौ, शिक्षा, स्वास्थ्य र सामाजिक जागरणका क्षेत्रमा’, उनले भने, ‘मैले चाहेर सुदूरका ४ जना मन्त्री बनाए। यो अवस्था ल्याउन केही मान्छे यात्राको डुंगा चड्न मान्नु भएन छुट्नु भयो।’

प्रधानमन्त्री ओलीले यसो भन्दै गर्दा मञ्चमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने संघीय सरकारका चार मन्त्रीहरु लेखराज भट्ट, गौरीशंकर चौधरी, गणेश ठगुन्ना र प्रेम आले थिए।

उनले समयको डुंगा अगाडि बढीसकेको भन्दै चढ्न नमान्नेहरु पछाडि परेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .