राजनीति


कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, गगनको राजीनामाबारे छलफल हुने

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै, गगनको राजीनामाबारे छलफल हुने

नेपालखबर
चैत ६, २०८२ शुक्रबार ११:४७, काठमाडौँ

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) बस्ने भएको छ।

बैठक पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन, सानेपा, ललितपुरमा दिउँसो १ बजे बस्नेछ। 

बैठकमा सभापति गगनकुमार थापाले दिएको राजीनामा, आगामी नियमित महाधिवेशन, निर्वाचनको समीक्षा र भावी रणनीतिलगायत विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए। 

कांग्रेसले बैठकमा सहभागी हुन पार्टीका पदाधिकारी, सदस्य एवम् सातै प्रदेशका सभापतिलाई निर्देशन दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad