सर्लाहीका चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार आज काठमाडौँमा एउटै कार्यक्रममा सहभागी हुँदैछन्।
नेकपा सर्लाही-काठमाडौँ सम्पर्क समितिले जिल्लाका चारवटै निर्वाचन क्षेत्रका आफ्ना उम्मेदवारलाई एउटै मञ्चमा राखेर चुनावी अन्तक्रिया गर्न लागेको हो।
सर्लाही १ बाट उम्मेदवार रहेका प्रमोद साह, २ का महेन्द्र राय यादव, ३ का नारायणकाजी श्रेष्ठ र ४ का डा.रजनिस यादवलाई एउटै मञ्चमा राखेर अन्तक्रिया गर्न लागिएको समितका अध्यक्ष शम्भु नेपालले जानकारी दिए।
काठमाडाैँमा रहेका मतदातालाई आफ्ना एजेण्डाबारे जानकारी दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको नेकपाले जनाएको छ। बिहीबार दिउँसो १२ बजेदेखि मण्डला पार्टी प्यालेस, तीनकुनेमा कार्यक्रम हुनेछ।
०७९ को निर्वाचनमा तत्कालीन माओवादी केन्द्रका उम्मेदवारले १ स्थानमा मात्रै विजय प्राप्त गरेका थिए। तर, समानुपातिक मत भने माओवादीले देशका ७७ जिल्लामध्ये सर्लाहीबाट सबैभन्दा धेरै प्राप्त गरेको थियो।
Shares

प्रतिक्रिया