राजनीति


भरतपुरमा रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक (तस्बिरहरू)

भरतपुरमा रास्वपाको अन्तिम केन्द्रीय समिति बैठक (तस्बिरहरू)

सुनिता विष्ट
असार ६, २०८३ शनिबार १४:५९, चितवन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अन्तिम केन्द्रीय समिति बैठक चितवनको भरतपुरस्थित दियालो फुडल्यान्डमा सुरु भएको छ। 

रास्वपाको पहिलो महाधिवेशनअघि केन्द्रीय समितिको बैठक बसेको हो। शनिबार अपराह्न केन्द्रीय समितिको बैठक सुरु भएको रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए। 

आईतबारदेखि रास्वपाको पहिलो महाधिवेशन भरतपुरमा सुरु हुँदै छ। महाधिवेशनबाट नयाँ केन्द्रीय समिति चयन हुनेछ। महाधिवशेनअघि रास्वपा केन्द्रीय समितिको अन्तिम बैठक सुरु भएको हो। 

बैठकमा चार वटा एजेन्डा रहेका छन्। पहिलो राष्ट्रिय महाधिवेशन तयारी, महाधिवेशन प्रतिनिधि, महाधिवेशनमा प्रस्तुत हुने प्रतिवेदन र विधान संशोधनका विषयमा छलफल हुने भएको छ। त्यससँगै समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ। 

हाल रास्वपाको केन्द्रीय समिति १३१ सदस्यीय छ। विधान संशोधन गरेर त्यसलाई १५१ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ। 

आजको केन्द्रीय समिति बैटकले पारित गरेको विधान संशोधन प्रस्ताव महाधिवेशनको बन्दसत्रमा पेश गरिनेछ। बन्दसत्रले पारित गरेसँगै नयाँ केन्द्रीय समिति १५१ सदस्यीय हुनेछ। 

रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुँदै छ। महाधिवेशनमा देशभरबाट प्रतिनिधि तथा पर्यवेक्षकको सहभागिता रहनेछ। 

महाधिवेशनले नयाँ केन्द्रीय नेतृत्व चयन गर्नुका साथै पार्टीको भावी राजनीतिक कार्यदिशा तय गर्नेछ। महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको र विभिन्न उपसमितिले आफ्नो जिम्मेवारीअनुसार कामलाई तीव्रता दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad