राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनको तयारी आज पूरा हुने पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताएका छन्।
अहिले महाधिवशेनका लागि आवश्यक ठाउँ व्यवस्थापन गर्ने काम चलिरहेको र आज सम्ममा ती सबै काम सकिने उनले बताएका हुन्।
‘प्रतिनिधिहरूको रजिस्ट्रेसनको काम चलिराखेको छ। त्यो पनि आजसम्म सकिन्छ’, उनले रासससँगको अन्तर्वार्तामा भनेका छन्, ‘पर्यवेक्षकहरूको सन्भर्दमा पनि आवश्यक काम भइरहेका छन्। समायोजनका केही कामहरू यस बिचमा जारी छन्। विधान संशोधनको मस्यौदा तयारी भइराखेको छ। यही असार ४ गते सम्पन्न पार्टीको सचिवालयको बैठकले महाधिवेशन तयारीका कामलाई निर्देशित गरेको छ।’
महामन्त्री बुर्लाकोटीका अनुसार महाधिवेशन तयारीका सिलसिलामा पार्टीका शीर्ष नेता चितवनमा छन्।
‘आज चितवनमा केन्द्रीय समितिको बैठक बस्दै छ। महाधिवशेनको उद्घाटन सत्रमा शुभकामना दिन अन्य राजनीतिक दलका नेतालाई पनि आमन्त्रण गरिएको छ’, उनले भनेका छन्, ‘यी सबै कोणबाट ऐतिहासिक प्रथम महाधिवेशन आयोजनाको तयारी लगभग लगभग अन्तिम चरणमा पुगेको छ।’
Shares

प्रतिक्रिया