राजनीति


कांग्रेस संसदीय दलको बैठक बस्दै, एजेन्डा- सरकारका कामकारबाही

कांग्रेस संसदीय दलको बैठक बस्दै, एजेन्डा- सरकारका कामकारबाही

कांग्रेस संसदीय दलको बैठक (फाइल फोटो)


नेपालखबर
असार ६, २०८३ शनिबार १०:४०, काठमाडौँ

नेपाली कांग्रेस संसदीय दलको बैठक आज शनिबार बस्दै छ।

बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको हो।

दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सरकारका काम-कारबाहीमा निगरानी बढाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुनेछ।

मन्त्रालयगत संयोजकहरूले मन्त्रिपरिषद्‌को निर्णय तथा सरकारकोे कामकारबाहीको नियमित निगरानी, मन्त्रालयगत गतिविधिको अध्ययन र विश्लेषण गरिरहेका छन्।

आजको बैठकमा संसदीय समितिका गतिविधि, संसद्‌मा कांग्रेसको भूमिका र समसामयिक राजनीतिक विषयमा समेत बैठकमा छलफल हुने भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad