राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह बालेन आज सुर्खेत आउने भएका छन्।
रास्वपाले आज सुर्खेतमा आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्न उनीहरू यहाँ आउने भएका हुन्।
फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गरेर रास्वपाले सुर्खेतमा परिवर्तन उद्घाेष सभा गर्ने भएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक माेहनजंग बुढथापाका अनुसार रास्वपाले आज बिहान ११ बजेदेखि वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ स्थित घण्टाघर डबलीमा चुनावी सभा गर्दै छ।
रास्वपाले सभाबाटै चुनावी वाचापत्र सार्वजनिक गर्ने कार्यतालिका रहेकाे रास्वपा कर्णाली प्रदेश समितिले जनाएको छ।
120
Shares

प्रतिक्रिया