समाज


काठमाडौँमा अवतरण हुन नसकेपछि फ्लाईदुबईको विमान लखनउ ‘डाइभर्ट’

काठमाडौँमा अवतरण हुन नसकेपछि फ्लाईदुबईको विमान लखनउ ‘डाइभर्ट’

नेपालखबर
साउन ३, २०८३ आइतबार २०:५९, काठमाडौँ

दुबईबाट काठमाडौँका लागि उडेको फ्लाईदुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न नसकेपछि भारतको लखनउतर्फ ‘डाइभर्ट’ भएको छ।

फ्लाईदुबईको एफडीबी ५३९ (एफजेड ५३९) उडान नम्बरको बोइङ ७३७ म्याक्स विमान काठमाडौँको आकाशमा एक घण्टाभन्दा बढी समय फन्को मारेर (होल्ड भएर) पनि अवतरण गर्न नसकेपछि लखनउतर्फ गएको हो।

विमानले सुरुमा काठमाडौँ र आसपासको आकाशमा लामो समय फन्को मारेको थियो। मौसम अनुकूल नभएकाले अवतरण सम्भव नभएपछि विमान लखनउतर्फ मोडिएको हो। हाल यो विमान लखनउमा अवतरण भइसकेको छ।

तालिकाअनुसार यो विमान बेलुका ७:३० बजे नै काठमाडौँमा अवतरण हुनुपर्ने थियो। विमान ढिलो गरी राति ८ः५६ बजे अवतरण हुने अनुमान गरिए पनि काठमाडौँको आकाशमा ओर्लिन नसकेपछि अन्ततः भारततर्फ मोडिएको हो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad