भारतीय संसदको वर्षे अधिवेशन सुरु हुनुभन्दा अगाडि सोमबार बिहान प्रधानमन्त्री नरेन्द्र मोदीले विधायकहरुका नाममा सम्बोधन गरेका छन्। सांसदका गतिविधिलाई इंगित गर्दै उनले भनेका छन्, ‘जहाँ बलियो तथ्य हुन्छ, जहाँ तर्क हुन्छ, त्यहाँ तुफानको जरुरी पर्दैन, तुफानका लागि स्थान पनि हुँदैन। तर्क र तथ्य मजबुद छ भने शान्त चित्तले पनि आफ्नो आवाजलाई बुलन्द बनाउन सकिन्छ।’
भारतीय संसदको यो अधिवेशनका सत्रहरुमा तथ्य र तर्ककासाथ विषय केन्द्रित भएर छलफल गर्न उनले सबैलाई आग्रह गरे। ‘पार्टी जुन भए पनि हाम्रो संसदमा अनुभवी सांसदहरु छन्। उनीहरुसँग लामो अनुभव छ। उनीहरुको अनुभव र ज्ञानको आवश्यकता संसद र देश दुवैलाई छ’, उनले भनेका छन्।
भारतीय संघीय संसद दुई सदनात्मक छ– तल्लो सदन लोकसभा र माथिल्लो सदन राज्यसभा। आइतबार सुरु हुने मनसुन अधिवेशन मुख्यतः दुई कुरामा केन्द्रित हुनेछ– कानुन निर्माण र राष्ट्रिय मुद्दाहरुमा छलफल हुन्छ।
Shares

प्रतिक्रिया