राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र उपसभापति एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्ले धुलिखेलको एउटा रिसोर्टमा करिब २४ घण्टा बिताएर आइतबार अपराह्न काठमाडौँ फर्किएका छन्। उनीहरू त्यहाँ दूसित थानी हिमालयन रिसोर्टमा बसेका थिए।
रिसोर्टका एक जना लगानीकर्ता अर्थमन्त्री डा.वाग्ले पनि हुन्। उनीहरू वाग्लेकै लगानीसहितको भिल्लामा बसेका थिए।
शनिबार करिब ३ बजे रिसोर्ट प्रवेश गरेका उनीहरू आइतबार करिब २ः२० बजे त्यहाँबाट निस्किएका हुन्। सभापति लामिछानेले आफूसँगै पत्नी निकितालाई पनि साथै लगेका थिए।
पार्टी र सरकारको तालमेल नमिलेको चर्चा भइरहँदा दुई नेताको रिसोर्ट बसाइँलाई अर्थपूर्णरूपमा हेरिएको छ।
प्रधानमन्त्री बालेन र अर्थमन्त्रीबीचको सम्बन्ध सुमधुर नभएका समाचारहरू सार्वजनिक भइरहँदा पार्टी सभापति-उपसभापतिले एउटै रिसोर्ट रात बिताएका हुन्।
जिल्ला प्रहरी कार्यालयका एक अधिकारीका अनुसार उनीहरू निजी प्रयोजनले त्यहाँ पुगेका थिए। उनीहरूको रिसोर्ट बसाइँबारे प्रहरी-प्रशासनलाई खबर थिएन।
Shares

प्रतिक्रिया