नेपाल बारका पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेले संसद् पुनर्स्थापना अबको आवश्यकता भएको बताएका छन्।
संसद् विघटन बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा जारी बहसका क्रममा उनले संविधान संशोधनका पनि त्यो आवश्यक रहेको बताए।
‘संविधानमा सुधार र संशोधन गर्न, र जेनजी पुस्ताका माग पूरा गर्न संसद् आवश्यक छ,’ घिमिरेले भने।
उनले निरन्तर सुनुवाईको आवश्यकता औंल्याउँदै स्मरण गराए, ‘यसअघि २०५१, २०७७ र २०७८ सालमा पनि निरन्तर सुनुवाई भएको थियो। अहिले पनि त्यही प्रक्रियालाई निरन्तरता दिनुपर्छ।’
घिमिरेले दलहरूबीच सहमतिमा अघि बढ्ने आवश्यकता जोड दिँदै भने, ‘संसद् पुनर्स्थापना गरेर दलहरूको सहमतिमा अघि बढ्नुपर्छ र जेनजीका माग सम्बोधन गर्नुपर्छ।’
300
Shares

प्रतिक्रिया