राजनीति


मीनेन्द्रले सोधे- संघीयता खारेज गर भन्दैछन्, प्रचण्ड भन्छन्- शासकीय नीतिको समीक्षा गर्नुपर्छ

मीनेन्द्रले सोधे- संघीयता खारेज गर भन्दैछन्, प्रचण्ड भन्छन्- शासकीय नीतिको समीक्षा गर्नुपर्छ

नेपालखबर
साउन ८, २०८२ बिहिबार १८:५३, काठमाडौँ

नेपालखबर राइजिङ नेपाल समिट २०२५ मा मिसन ०८४, दोब्बर लगानी, दोब्बर रोजगारी शीर्षकमा संवाद जारी छ।

नेपालखबर स्थापनाको १० वर्षको अवसरमा सोल्टी होटलमा जारी कार्यक्रममा नेपाली कांग्रेसका नेता मीनेन्द्र रिजाल र पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालबीच संवाद जारी छ। 

मीनेन्द्र रिजाल- 
डा. मीनेन्द्र रिजालले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाललाई आज किन सामान्य मान्छेले संघीयता खारेज गर्ने कुरा गर्दै छ भनेर प्रश्न सोधेका छन्। नेपालखबर राइजिङ समिटमा भएको दुई नेताको संवादमा उनले पूर्वप्रधानमन्त्री दाहालसँग यसको कारण खोजेका हुन्। 

प्रचण्ड-  

सत्य सापेक्ष हुन्छ, निरपेक्ष हुन्छ। तथ्यांकमा के छ त मैले नि भन्ने गरेको छु। योबीचमा जनताको अपेक्षा र हाम्रा नीतिबीच के फरक भयो। यसले समाजमा समस्या पैदा गरिरहेको छ भन्ने जिम्मेवारी सबैको हो नि। 

उनले नकारात्मक साइड हेर्न पनि रिजाललाई सुझाए। भ्रष्टाचार बढिरहेको भन्दै उनले अराजकता र बेथिति सबैतिर फैलिएको बताए। यसको समीक्षा हुन जरुरी रहेको उनको भनाइ थियो। 'तुरुन्तै गर्छौँ भन्यौँ तर ऐन बनाउन ढिलाइ गरिरहेका छौँ। सदनमा पुगेका विधेयक निरीह बनिरहेका छन्। यसको समीक्षा हुनुपर्छ' उनले भने।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad