नेपालखबरले आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ अन्तर्गत ‘मिसन ०८४: दोब्बर लगानी, दोब्बर रोजगारी’ सेसनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र डा. मीनेन्द्र रिजाल विमर्शमा सहभागी भएका छन्।
डा. रिजालले अध्यक्ष दाहालसँग संवादलाई अगाडि बढाएका थिए। रिजालले नेपालको आर्थिक क्षेत्रको विकासका लागि कसरी काम गर्न सकिन्छ भन्ने विषय उठान गरे।
त्यसपछि प्रचण्डले रुपान्तरणबारे हाम्रो सोच स्पष्ट भइनसकेको सुनाए।
'सबैभन्दा पहिला त अझै पनि नेपालको समग्र आर्थिक विकास र रुपान्तरणबारे हाम्रो सोच स्पष्ट भइसकेको छैन। यद्यपि मैले प्रधानमन्त्रीका हैसियतले गरेका प्रयासहरु या दोस्रोपटक गरेका प्रयास र अहिले सुशासन, सामाजिक न्यायसम्बन्धी गरेका प्रयास देखिएकै छ,' उनले भने, 'एउटा के स्पष्ट गर्न चाहन्छु भने हामी वामपन्थी, त्यसमा पनि माओवादीहरुलाई निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्य र निजी क्षेत्रको संलग्नतालाई प्रवर्द्धन गर्ने कुरालाई जोड दिँदै आएका छौँ।'
त्यस्तै उनले थपे-
ठूलो बाधक अहिले पनि हामीलाई भ्रष्टाचार नै भएको छ। तलदेखि माथिसम्म संस्थागत हुँदा विकासमा बाधा पुगेको छ। विदेशी पुँजी भित्र्याउने उद्देश्यमा पनि हामी गम्भीर भयौँ। लगानी सम्मेलन गरियो र त्यहाँ राम्रो सहभागिता र प्रतिबद्धता भए। विस्तारै निजी क्षेत्रलाई पनि विश्वासमा लिएर आन्तरिक लगानीको वातावरण र एफडीआई आउने वातावरण बनाएर समृद्धिको दिशामा जान सकिन्छ।
Shares

प्रतिक्रिया