नेपालखबरले आयोजना गरेको राइजिङ नेपाल समिट २०२५ अन्तर्गत ‘मिसन ०८४: दोब्बर लगानी, दोब्बर रोजगारी’ सेसनमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र डा. मीनेन्द्र रिजालबीचको संवाद जारी छ।
संवादमा रिजालले द्वन्द्वबाट मुलुकमुक्त हुँदा अलिकति फड्को मारेको बताए।
'१९९० को दशकमा जीडीपीको रेसियो कम थियो। द्वन्द्वबाट मुलुक मुक्त हुँदा अलिकति फड्को मार्यौँ। १० वर्षमा १० प्रधानमन्त्री पनि भन्नुहुन्छ। १० वर्षमा ३ जना मात्रै प्रधानमन्त्री पनि हुनुहुन्छ भनेर अर्को दृष्टिकोणले पनि हेर्न सकिन्छ,'उनले ठट्टा गर्दै भने, 'रोजगारीको क्षेत्रमा रेमिट्यान्सको प्रयोग कसरी गर्ने, ऊर्जा र पर्यटन क्षेत्रमा कसरी गर्न सकिन्छ भन्ने छ।'
प्रचण्डले आफ्नो प्राथमिकतामा कृषि र त्यसको उत्पादन र उत्पादकत्वको विषय, पर्यटन, ऊर्जा र यसको विकास रहेको सुनाए।
'हाम्रो प्राथमिकता कृषि, त्यसको उत्पादन र उत्पादकत्वको विषय, पर्यटन, ऊर्जा र यसको विकासको कुरा भनेका छौँ। मेरो प्रधानमन्त्रीको कालमा, अर्थमन्त्री वर्षमान पुन भएको बेला नीति र बजेट जुन प्रस्तुत गरेका छौँ,' पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले भने, 'आधारभूत क्षेत्रमा सुधारकै प्रयास गरेका छौँ। नीति बनाउँदा जनप्रतिनिधिको सुझावलाई समेट्ने प्रयास गरेका छौँ। ऐन नै ल्याएर सुधारको प्रयास गर्यौँ। बजेटअघि सुझाव लिएर त्यसमा निजी क्षेत्र र जनप्रतिनिधिको सुझाव र टिप्पणी लिने गरेका छौँ।'
Shares

प्रतिक्रिया