राजनीति


जेन-जी आन्दोलनसम्बन्धी प्रतिवेदनमा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्यो: झाँक्री

जेन-जी आन्दोलनसम्बन्धी प्रतिवेदनमा मानव अधिकार आयोगले कार्यक्षेत्र मिच्यो: झाँक्री

नेपालखबर
असार १२, २०८३ शुक्रबार १६:२, काठमाडौँ

नेकपा (एमाले) की सांसद रामकुमारी झाँक्रीले गत वर्षको २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनसम्बन्धी घटनामा अनुसन्धान गर्दा मानव अधिकार आयोगले कार्यक्षेत्रबाहिर गएर सिफारिस गरेको भन्दै आपत्ति जनाएकी छन्।

राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएकी हुन्। अब मानव अधिकार आयोगको कार्यक्षेत्रको बारेमा बहस गर्नुपर्ने उनको भनाइ छ। उनले जेन–जी आन्दोलको क्रममा भएको विध्वंशको छानबिन गर्न छुट्टै आयोग गठन गर्नुपर्ने बताइन्।

उनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीशको अध्यक्षतामा आयोग गठन गरी सुनियोजित रुपमा देश जलागउने कार्यमा संलग्नहरूलाई कारबाही गर्नुपर्ने बताइन्।

सांसद झाँक्रीले भनिन्,  ‘मानव अधिकार आयोगको कार्यक्षेत्रको बारेमा अब बहस हुनुपर्यो। र भदौ २३ र २४ गतेको घटनामा सरकारले एउटा छानबिन आयोग बनाओस्। उक्त आयोग सर्वोच्च अदालतका वहालवाला न्यायाधीशको अध्यक्षतामा बनोस्। र भदौ २३ र २४ गतेको घटना सुनियोजित हिसाबले पूर्वतयारी गरेर कसले यो आन्दोलन चलाउनको लागि निर्देशन दियो, निर्णय गर्यो र फिल्डमा गएर देश जलाउने काम गर्यो, यी देश जलाउनेहरू, देश द्रोहीहरूलाई अब बन्ने न्यायिक आयोगले कारबाही गर्नुपर्छ।’

उनले सरकार मध्यम वर्ग र विदेशी दलालहरूको मात्र कुरा गरिरहेको आरोप लगाउँदै न्यून आय भएका र गरिबको रेखामुनि भएको समुदाय सरकारविरुद्ध खरो रुपमा उभिनुपर्ने समेत बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad