राजनीति


हाम्रा कमजोरी समीक्षा गरेनौँ भने जनताले तथ्यांक व्याख्या मात्रै सधैँ सुनिरहँदैनन्: प्रचण्ड

हाम्रा कमजोरी समीक्षा गरेनौँ भने जनताले तथ्यांक व्याख्या मात्रै सधैँ सुनिरहँदैनन्: प्रचण्ड

नेपालखबर
साउन ८, २०८२ बिहिबार १९:१२, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल प्रचण्डले राजनीतिक दलहरूले आफ्ना कमजोरी समीक्षा गर्नै पर्ने बताएका छन्।

नेपालखबर राइजिङ नेपाल समिट-२०२५ अन्तर्गत मिसन ०८४: दोब्बर लगानी, दोब्बर रोजगारी शीर्षकमा कांग्रेस नेता डा मीनेन्द्र  रिजालसँगको संवादमा यस्तो बताएका हुन्।  

'हामीले मिहिनेत गरे प्रगति गर्न सकिन्छ। भन्ने एउटा गर्ने अर्को गर्दा समस्या हुँदै आएको हो। आफ्ना कमी-कमजोरी समीक्षा गर्नेतिर गएनौँ भने जनतालाई तथ्यांकको व्याख्या गरेर मात्र खुसी राख्न सक्दैनौँ। व्याख्या मात्रै सुनिरहँदैनन्,' उनले भने।'

उनले पछिल्लोपटक सरकारबाट बाहिरिनुपरेकोमा गुनासो पनि गरे।  

'पछिल्लो सरकार, त्यसपछि बाहिरिनुपर्ने अवस्थाबारे बोल्दा हामीले केचाहिँ त्यस्तो गर्‍यौँ, जसले गर्दा हामीलाई हटाउनुपर्ने अवस्था आयो? त्यतिबेला यति भ्रष्टाचार भयो भन्ने अहिलेजति भ्रष्टाचार भयो भन्ने देखिँदैन,' उनले भने, 'हामीले हेर्ने सकारात्मक के प्राप्त भयो गणतन्त्रपछि भन्ने हेर्नैपर्छ। तर हाम्रो ध्यान कमी कहाँ भयो भन्नेमा छ। हामीले गर्न नसकेको के हो? २-२ पटक संविधानसभा निर्वाचन गरेर गणतन्त्र बनायौँ। त्यहाँ शिक्षा, स्वास्थ्यजस्तालाई जनताको मौलिक अधिकार भन्यौँ तर कार्यान्वयनमा कहाँ चुक्यौँ त? कमी कहाँ भयो भन्नेमा गयौँ भने सुधारतर्फ जान सक्छौँ।'

उनले शिक्षा क्षेत्रको सुधार गर्न चुकेको, सुझाव प्रतिवेदन लुकाइएको भन्दै थपे, 'प्रहरी समायोजन ऐन र संघीय निजामती ऐन बनाइहाल्नुपर्ने थियो। सकेनौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad