पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ। उनीहरूबीच बिहीबार ३० मिनेट जति भेट भएको बालेनका स्वकीय भूपदेव साहले नेपालखबरलाई जानकारी दिए।
भण्डारीलाई भेट्न बालेन उनकै निवास भंगाल पुगेका थिए।
'उहाँहरूबीच बिहीबार भेट भएको हो। भेटमा समसामयिक विषयमा कुराकानी भयो' उनले भने।
एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालेनको तिक्तता बढिरहेका बेला एमालेको सक्रिय राजनीतिमा फर्केको घोषणा गरेकी भण्डारीसँग उनले भेटेका हुन्।
एमालेसहितका दलीय प्रतिनिधि तथा कर्मचारीहरूसँगको द्वन्द्वका कारण बालेनले आगामी आर्थिक वर्षको बजेट समेत ल्याउन सकेका छैनन्।
सरोज गुरागाईँको दाबी- बालेनकै आदेशमा काठमाडौँ टावरको प्रमाणपत्र दिएँ, अहिले मेरै चरित्रहत्या गरियो
3.6k
Shares

प्रतिक्रिया