मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले भावनात्मक प्रतिक्रियाभन्दा तथ्य र आत्मसमीक्षालाई प्राथमिकता दिनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले नेपाली समाज भावनात्मक रूपमा छिट्टै प्रतिक्रिया जनाउने प्रवृत्तिमा रहेको उल्लेख गरे।
पश्चाताप, करुणा, अहंकार र आवेगका विषय जीवनको अभिन्न अंगको रुपमा लिँदै अघि बढ्नुपर्नेमा जोड दिए।
पूर्वअध्यक्ष रेग्मीले भने, ‘भावनात्मक रुपमा हामी नेपालीहरू अलि छिटो भावुक हुन्छौँ। र भावनात्मक भएर नै प्रतिक्रिया दिईहाल्छौँ। तथ्य आफैं बोल्छ भनेझै किताबमा थपिएको पश्चाताप र करुणाले भरिएको छ।’
उनले विगतको आत्मसमीक्षा गर्दै सही मार्गमा हिँड्न सबैलाई प्रेरित गर्नुपर्नेमा जोड दिए।
54
Shares

प्रतिक्रिया