रास्वपाका नवनिर्वाचित महामन्त्री विपिनकुमार आचार्यले सरकार पार्टीको कार्यदिशामा चल्नुपर्ने बताएका छन्। निर्वाचित भएपछि चितवनमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन्।
‘पार्टी सञ्चालन कसरी हुन्छ भने कुराले अन्य अवयवहरूलाई पत्यक्ष र परोक्षरूपमा जहिले पनि असर गर्ने गर्छ,’ उनले भने, ‘मेरो अनुभवले के भन्छ भने पार्टीको कार्यदिशामा सरकारहरू चल्नुपर्छ।’ आचार्यले सरकार र पार्टीबीचको सेतुका रूपमा काम गर्ने पनि बताएका छन्।
‘पहिलो ठूलो पार्टीको महामन्त्री, जसको दुई तिहाइको सरकार छ उसको प्रमुख दायित्व भनेको के हो भने पार्टी र सरकारबीच सेतुको रूपमा काम गर्ने जसले गर्दा यी दुई प्रमुख पक्षहरु एकअर्काका परिपुरकका रूपमा काम गर्न सकुन्। त्यसमा म अवश्य पनि काम गर्नेछु,’ आचार्यले भने, ‘सरकार र पार्टीबीचको सेतु बन्ने भनेको पदाधिकारीहरू पार्टी सदस्यहरुलाई त्यसलाई एकदम सही संयोजन गरेर जाने हो।’
Shares

प्रतिक्रिया