फिफा विश्वकप-२०२६ अन्तर्गत कानसास सिटीमा भर्खरै सकिएको समूह ‘एफ’को खेलमा नेदरल्यान्डले ट्युनिसियाविरुद्ध ३-१ को सानदार जित निकालेको छ।
नेदरल्यान्डले दुई गोल खेलको १० मिनेटभित्रै गरेको थियो। तेस्रो गोल दोस्रो हाफमा गरेको हो।
ट्युनिसियाले दोस्रो हाफको सुरुमा एक गोल फर्काए पनि थप गोल गर्न सकेन।
यो जितसँगै नेदरल्यान्ड्स ७ अंकसहित समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।
ट्युनिसियाका इलियास स्खरीको आत्मघाती गोलमा नेदरल्यान्ड्सले खेलको तेस्रो मिनेटमै अग्रता बनाएको थियो।
नेदरल्यान्ड्सका लागि ब्रायन रोबरीले सातौँ मिनेटमा दोस्रो गोल गरे भने जान पउल भानले ६२ औँ मिनेटमा तेस्रो गोल गर्दै टिमको जित सुनिश्चित गरे।
ट्युनिसियाका लागि ५४ औं मिनेटमा हाजेम मुस्तरीले एक गोल फर्काए।
यो हारसँगै शून्य अंकमा रहेको ट्युनिसियाको अर्को चरण पुग्ने सम्भावना समाप्त भएको छ।
Shares

प्रतिक्रिया