राजनीति


मलाई अपरिपक्व हुने छुट छैन: रवि लामिछाने

मलाई अपरिपक्व हुने छुट छैन: रवि लामिछाने

नेपालखबर
असार १२, २०८३ शुक्रबार २०:५७, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।

चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हुन्।

‘देशले आशा भरोसा गरेकाले मैले धेरै मिहिनेत गर्नुपर्ने हुन्छ। यसअघि मलाई अपरिपक्वको आरोप लाग्थ्यो,’ लामिछानेले भने, ‘तर परिस्थितिले मलाई अपरिपक्व हुने छुट दिएको छैन। बढी जिम्मेवार, बढी परिपक्व बन्न परिस्थतिले भनेको छ।’

यस्तै उनले पार्टीभित्रको मनमुटावलाई अन्त्य गर्ने र कसैले गुट या फुटको बिउ रोपेर रहेछ जरैदेखि उखाल्न कटिबद्ध भएर लाग्ने पनि बताएका छन्।

लामिछानेले आफ्नो सम्बोधनमा अन्तर्राष्टिय जगतलाई पनि सन्देश दिएका छन्।

‘नेपाल एउटा स्वामिमानी देश हो। हामी आफ्नो मुलुकको हित सबैभन्दा अगाडि रार्ख्छौँ, सबैसँग सहकार्य गेर अगाडि बढ्छौँ,’ उनले भने, ‘हामी वैदेशिक सुसम्बन्धहरूलाई एउटा नयाँ उचाइमा लिएर गएर विकास कूटनीतिको एउटा महत्त्वपूर्ण अभ्यास र अध्यायमा प्रवेश गर्न चाहन्छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad