राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ गरेका छन्। कार्यक्रम कार्यक्रमस्थलकै हलमा भएको हो।
सभापतिमा रवि लामिछाने र उपसभापति डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका हुन्। अन्य पदमा भने निर्वाचन भएको थियो।

उपसभापति (महिला) मा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य, सहमहामन्त्रीमा खुलातर्फ हरि ढकाल र असिम शाह, महिलातर्फ निशा डाँगी निर्वाचित भएका छन्।
पहिलो चरणमा केन्द्रीय सदस्यका लागि निर्वाचन भएको थियो। दोस्रो चरणमा पदाधिकारीका लागि निर्वाचन भएको हो।
यो पनि,
यी हुन् रास्वपाका निर्वाचित ९९ केन्द्रीय सदस्य, कसले कति पाए मत? (नामावली)
Shares

प्रतिक्रिया