राजनीति


केन्द्रीय समिति बैठकमा निधि: पूर्वराष्ट्रपति राजनीतिमा फर्किएको विषयलाई कांग्रेसले नोटिसमा लिनुपर्छ

केन्द्रीय समिति बैठकमा निधि: पूर्वराष्ट्रपति राजनीतिमा फर्किएको विषयलाई कांग्रेसले नोटिसमा लिनुपर्छ

फाइल तस्बिर


नेपालखबर
असार २२, २०८२ आइतबार १७:२२, काठमाडौँ

नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्किएको विषयलाई गभ्मीर रुपमा लिनुपर्ने बताएका छन्। जारी केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै निधिले यो विषय एमालेको मात्रै नभई समग्र राजनीतिक दलको पनि चासोको विषय भएको बताएका हुन्।  

'अहिले एउटा विषय आएको छ रिटायर्ड राष्ट्रपतिले राजनीतिमा फर्किने। एमालेका लागि यो आन्तरिक प्रतिस्पर्धामा प्रभाव पर्ने वा नपर्ने विषय होला,' उनले भने, ' तर, यो कुनै एउटा पार्टीको आन्तरिक विषय मात्रै होइन। यो प्रणालीसँग सम्बन्धित विषय हो।' 

उनले भण्डारीका कारण एमाले फुट्ने या जुट्ने विषय फरक भए पनि कांग्रेसले नोटिसमा राख्नुपर्ने बताए। 

'हामीले जुन प्रणाली ल्याएका छौं, त्यो प्रणालीमा अहिले राष्ट्रपतिले रिटायर्ड भइसकेपछि हामीलाई त खुसी लाग्छ एमाले विभाजित हुन्छ कि टुक्राटुक्रा हुन्छ कि त्यो फरक विषय हो,' उनले थपे, 'तर सिस्टमको बारेमा कांग्रेसले यो नोटिसमा लिनुपर्छ।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad