राजनीति


हिरासतबाट छुटेपछि कमल थापाको जिकिर: निषेधित क्षेत्र र कानुन तोडेका थिएनौँ

हिरासतबाट छुटेपछि कमल थापाको जिकिर: निषेधित क्षेत्र र कानुन तोडेका थिएनौँ

आइतबार प्रहरीले कमल थापालाई नियन्त्रणमा लिँदै गर्दाको तस्बिर


नेपालखबर
जेठ १९, २०८२ सोमबार ९:७, काठमाडौँ

हिरासतबाट छुटेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई व्य‌ंग्यात्मक धन्यवाद दिएका छन्। 

आइतबार राति प्रहरीको हिरासतबाट छुटेका उनले सोमबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘धन्यवाद प्रम केपी ओली र गृहमन्त्री रमेश लेखकज्यू, तपाईंहरूको बर्बरतापूर्ण र अमानवीय व्यवहारको निम्ति।’

उनले निषेधित क्षेत्र नतोडेको दाबी पनि गरेका छन्। 

उनले अगाडि लेखेका छन्, ‘हामीले निषेधित क्षेत्र र कानुन तोडेका थिएनौँ।’

दमन र निषेधले विचार नमर्ने उल्लेख गर्दै अध्यक्ष थापाले हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापनाको संकल्प अझै सुदृढ भएको दाबी पनि गरेका छन्। 

आइतबार दिउँसो राजा माग्दै प्रदर्शन गर्ने क्रममा निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले काठमाडौँको नारायणचौरबाट राप्रपा नेपालका अध्यक्ष थापा, राप्रपा सांसद दीपक सिंहसहित ८ जनालाई नियन्त्रणमा लिएको थियो। 

तीमध्ये थापा र सिंहसहित ७ जनालाई प्रहरीले आइतबार राति नै जिम्मा जमानीमा रिहा गरेको हो।

एकजना डा. राजीव झालाई भने अझै हिरासतमै राखिएको छ। झाले रक्सी खाएर प्रदर्शनका क्रममा अपशब्दसमेत बोलेकाले नियन्त्रणमै राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। 

कमल थापाहरू रिहा भएपछि राजावादी समूहले आज गर्ने भनेको काठमाडौँ उपत्यका बन्द पनि फिर्ता लिइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad