समाज


यात्रुसँग बढी भाडा असुल्ने ८ जना इन ड्राइभ चालकमाथि कारबाही

यात्रुसँग बढी भाडा असुल्ने ८ जना इन ड्राइभ चालकमाथि कारबाही

नेपालखबर
जेठ १९, २०८२ सोमबार १०:२, काठमाडौँ

यात्रुसँग बढी भाडा असुलेको आरोपमा कास्की प्रहरीले आठजना इन ड्राइभ चालकलाई कारबाही गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार यात्रीको गुनासोको आधारमा खटिएको प्रहरी टोलीले पोखराका विभिन्न स्थानबाट आठवटा सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएर कारबाही गरेको हो। 

उनीहरुलाई यातायात व्यवस्था ऐन २०४९ अनुसार जारिवानापछि छाडिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरी बहादुर बस्नेतले जानकारी दिए। 

विगत केही दिनदेखि यातायात व्यवसायीले गरेको बन्दको कारण गण्डकी प्रदेशमा सार्वजनिक सवारी साधन चलेका छैनन्। व्यवसायीले आजदेखि बन्दलाई देशव्यापी रुपमा विस्तार गरेका छन्। 

सार्वजनिक यातायातका साधन नचलेको मौकामा सञ्चालन भएका इन ड्राइभ चालकहरुले बढी भाडा असुलेका गुनासो यात्रुहरुको छ। 


 


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad