राजनीति


कांग्रेसका अर्का सांसदले पनि भने: नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्छ

कांग्रेसका अर्का सांसदले पनि भने: नेपाललाई हिन्दूराष्ट्र बनाउनुपर्छ

नेपालखबर
चैत १९, २०८१ मंगलबार १५:३३, काठमाडौँ

नेपाली कांग्रेसका सांसद दीपक गिरीले नेपाललाई हिन्दूराष्ट्र बनाउन आवश्यक रहेको बताएका छन्। 

मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद गिरीले संविधान निर्माणका क्रममा हिन्दूराष्ट्र स्थापनाको लागि जनताले दिएको रायलाई बेवास्ता गरिएको भन्दै आपत्ति जनाए।  

‘संविधान निर्माणका क्रममा जनताले दिएको राय बोरामा बन्द छ। त्यो खोलियोस् त। त्यतिबेला ८० प्रतिशतमाथि जनताले हिन्दूराष्ट्र हुनुपर्छ भनेको थियो,' उनले भने, 'कसैले हिन्दूराष्ट्रलाई हटाऊ भनेको अवस्था थिएन। संसारभर एउटा हिन्दूराष्ट्र भएको हेर्ने धेरैको रहर थियो। अहिले पनि ति अभिलेख र रायहरू हेरियोस् न।' 

यसअघि कांग्रेसका अर्का सांसद डा.शशांक कोइरालाले पनि नेपाल हिन्दूराष्ट्र हुनुपर्ने धारणा सार्वजनिक गरेका थिए। आज हिन्दूराष्ट्र हुनुपर्छ भन्ने सांसद गिरी उनै कोइरालानिकट मानिन्छन्। कोइराला कांग्रेसका पूर्वमहामन्त्रीसमेत हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad