बागमती


बागमती प्रदेशसभा बैठक विपक्षीले अवरोध गर्ने

बागमती प्रदेशसभा बैठक विपक्षीले अवरोध गर्ने

नेपालखबर
चैत १९, २०८१ मंगलबार १५:४२, काठमाडौँ

बागमती प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज बस्ने भनिएको सदन अवरुद्ध गर्ने भएको छ। 

आज दिउँसो १ बजेको लागि बोलाएको सदन अहिलेसम्म पनि सञ्चालन हुन सकेको छैन। प्रमुख प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गर्ने चेतावनी दिएसँगै बैठक सञ्चालन हुन नसकेको हो। 

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले बजेट कार्यान्वयनको सम्बन्धमा भएको सहमति कार्यान्वयन नगरेको भन्दै बैठक चल्न नदिने अडान राखेको छ। 

यद्यपि,  सत्तापक्ष र प्रतिपक्षबीचको विवाद मिलाउनको लागि छलफल भइरहेको छ। तर लामो समयसम्म पनि सहमति कार्यान्वयन नभएको भन्दै माओवादी केन्द्रले सदन कुनै पनि हालतमा चल्न नदिने बताएको छ। 

यस्तै, प्रदेशको  सहकारी तथा गरिबी निवारण मन्त्री मधुकुमार श्रेष्ठको स्वकीय रवि थापाको मृत्युको विषयमा छानबिन समिति गठन गर्न समेत माग गरेको छ। 

मन्त्रीको स्वकीयको रहस्यमय मृत्युको विषयमा सरकार चुप बसेको भन्दै प्रमुख प्रतिपक्षी दलले यस विषयमा छानबिन गर्नुपर्ने माग राखेको हो।

यता, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि सदन अवरुद्ध गर्ने बताउँदै आएको छ। बागमती प्रदेशसभामा रहेका नेपाली कांग्रेस र नेकपा एमालेबाहेक पाँच राजनीतिक दल प्रतिपक्षको भूमिकामा छन्। 

यसमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा र हानेपाका सांसदहरूले बजेट कार्यान्वयन सम्बन्धमा भएको सहमति कार्यान्वयन गर्न र मृतक थापाको घटनाबारे छानबिन गर्न समिति गठनको माग गरेका हुन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad