राजनीति


काठमाडौँ महानगरको कुरा संसद्‌मा उठाउँदै शाहीले भने: ओली सरकारलाई पाप लाग्ला!

काठमाडौँ महानगरको कुरा संसद्‌मा उठाउँदै शाहीले भने: ओली सरकारलाई पाप लाग्ला!

नेपालखबर
फागुन १३, २०८१ मंगलबार १४:३५, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले काठमाडौँ महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत पाउन नसकेको विषय संसद्‌मा उठाएका छन्।

मंगलबार पनि उनले यो विषय उठाए। प्रतिनिधिसभाको बैठकमा सांसद शाहीले प्रमुख प्रशासकीय अधिकृत नपठाएको भनेर सरकारको आलोचना गरे।

‘गाउँगाउँमा सिंह गयो, दरबार गएन, ओली सरकारबाट जनताको कहिले पनि भलो भएन’, शाहीले भने, ‘काठमाडौँ महानगरपालिकासहित देशका धेरै गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत ठप्प रोकेर राखेको छ।’

प्रमुख प्रशासकीय अधिकृत नहुँदा सम्बन्धित स्थानीय तहबाट हुने सेवा प्रवाहमा असर परेको उनले बताए।

उनले तलब रोकिँदा शिक्षक र कर्मचारी पनि समस्यामा परेको बताए।

काठमाडौँ महानगरपालिकामा सरसफाइ गर्ने कर्मचारीले तलब खान पाएका छैनन्। यो ओली सरकारलाई त्यसको पाप लाग्ला’,  शाहीले भने।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा काठमाडौँ महानगरपालिकाका शिक्षक र स्वास्थ्य सेवाका कर्मचारीले पनि तलब पाउन नसकेको भन्दै उनले ओली सरकारको आलोचना गरे।

‘८३ हजार ५५८ निजामती कर्मचारी नेताको घरमा चाकडी गर्न र उनीहरूको घरदैलो अभियानका लागि नियुक्ति गरेको हो’, आक्रोशित हुँदै सांसद शाहीले सोधे।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह जस्तासँग डर लागे स्थानीय तहको चुनाव नै नगर्ने बाटो अवलम्बन गर्न उनले सरकारलाई चेतावनी दिए।

‘यदि तपाईंहरूलाई नयाँ साथीहरूप्रति डर लाग्छ भने आउने स्थानीय तहको चुनाव नगर्नुस्, आफ्ना कार्यकर्तालाई घोषणा गर्नुस्। होइन भने कर्मचारीलाई रोकेर स्थानीय तहलाई ठप्प पार्न पाइँदैन’, उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad