राजनीति


रास्वपाले दुई महिने संगठन निर्माण अभियान सञ्चालन गर्ने

रास्वपाले दुई महिने संगठन निर्माण अभियान सञ्चालन गर्ने

नेपालखबर
पुस २१, २०८१ आइतबार २०:२९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी संगठन निर्माणका लागि दुई महिने सांगठनिक अभियान सञ्चालन गर्ने भएको छ।

यही पुस २० र २१ गते बसेको केन्द्रीय समितिको बैठकले सो निर्णय गरेको कार्यवाहक प्रवक्ता मनिष झाले जनाएका छन्।

बैठकपछि कावा प्रवक्ता झाद्वारा आइतबार जारी विज्ञप्तिमा बैठकले केन्द्रीय सदस्यको नेतृत्वमा पार्टीको संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको उल्लेख गर्दै उक्त अभियानमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग, जिल्लारनिर्वाचन क्षेत्र समिति समेतको सहभागिता रहने र अभियानले सदस्यता विस्तारका साथै पालिका तथा वडा समितिहरु निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिहरुलाई सहजीकरण गर्नेजनाएका छन्।

उल्लिखित अभियान यही माघ २ गतेबाट सुरु गरी दुई महिनासम्म सञ्चालन हुने रास्वपाले जनाएको छ।

यस्तो छ विज्ञप्ति
राष्ट्रिय स्वतन्त्र पार्टीको मिति २०८१ पुस २० र २१ गते (नेपाल संवत् ११४५ पोहेलाथ्व पञ्चमी र षष्ठी)स्वयम्भू स्टार ब्यांकेट, स्वयम्भू, काठमाडौंमा सम्पन्न दुई दिनको केन्द्रीय समिति बैठकले देहायका विषयहरूमा छलफल तथा निर्णयहरु गरेको सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।

१) बैठकमा मिति २०८१ पुस १८ गते दिवंगत हुनुभएकी नेपालकी प्रथम महिला राजदूत श्री विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरिएको छ।

२) बैठकमा पार्टी कार्यवाहक सभापति श्री डोल प्रसाद अर्याल, उपसभापति डा. स्वर्णिम वाग्लेले समसामयिक राजनीतिक सन्दर्भमा जानकारी गराउनुहुँदै पार्टीका गतिविधिका बारेमा पनि अवगत गराउनुभयो। साथै पार्टीका संस्थापक सभापति श्री रवि लामिछानेका सम्बन्धमा चलिरहेको अदालती प्रक्रिया सम्बन्धी पछिल्लो अवस्थाका सम्बन्धमा जानकारी गराइयो।

३) हालै सम्पन्न स्थानीय तहको उपनिर्वाचनको समीक्षामा पार्टीका प्रदेश महामन्त्रीहरू, केन्द्रीय संगठन विभाग तथा केन्द्रीय प्रशिक्षण विभागका सदस्यहरुको सहभागितामा उपनिर्वाचनमा पार्टीका अनुभव, सिकाई र चुनौतिहरू समेटिएका समीक्षा प्रतिवेदन पारित गरियो।

४) बैठकले केन्द्रीय सदस्यको नेतृत्वमा पार्टीको संगठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। उक्त अभियानमा केन्द्रीय विभाग, प्रदेश समिति, प्रदेश विभाग, जिल्लारनिर्वाचन क्षेत्र समिति समेतको सहभागिता रहने र अभियानले सदस्यता विस्तारका साथै पालिका तथा वडा समितिहरु निर्माण गर्न जिल्ला समिति तथा पालिका समितिहरुलाई सहजीकरण गर्नेछ। उल्लिखित अभियान यही माघ २ गतेबाट सुरु गरी दुई महिनासम्म सञ्चालन हुनेछ।

५) पार्टीको राजनीतिक प्रशिक्षण पाठ्यक्रम केन्द्रीय सदस्यहरुको सुझाव सहित पारित गरियो। राजनीतिक प्रशिक्षण केन्द्रीय देखि प्रदेश, जिल्ला, पालिका तहसम्म सञ्चालन गर्ने निर्णय भयो।

६) संविधानमा आवश्यक परिमार्जनको सन्दर्भलाई मध्यनजर गर्दै प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल, २०८१’ गठन गरिएको छ। सो कार्यदलले संविधान परिमार्जनका लागि सुझाव संकलन गर्न सातै प्रदेशमा छलफल चलाउने र संविधानविद् एवं सरोकारवालासँग आवश्यक परामर्श गरी दलको तर्फबाट धारणा सार्वजनिक गर्नेछ। यस कार्यदलमा केन्द्रीय सदस्यहरु क्रान्तिशिखा धिताल, डा. नन्दन यादव, गणेश कार्की, सोबिता गौतम, गणेश पराजुली, असिम शाह, कुसुम महर्जन र मेघ आले रहनुभएको छ। कार्यदलले प्रदेश तहमा गर्ने छलफलको संयोजन गर्ने जिम्मेवारी सम्बन्धित प्रदेश सभापतिलाई तोकिएको छ।

७) मिति २०८० मंसिर ११, १२ र १३  गते जलेश्वरमा बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकबाट पारित पार्टीको राजनीतिक प्रस्तावनाका सम्बन्धमा उपसभापति डा. स्वर्णिम वाग्लेद्वारा प्रस्तुत व्याख्यात्मक दस्तावेज पार्टीको राजनीतिक प्रशिक्षणमा प्रयोग गर्नका लागि पारित गरियो।

८) पार्टीको कार्यसम्पादनलाई प्रभावकारी बनाउन पार्टी महामन्त्रीको संयोजकत्वमा सहमहामन्त्री पदेन रहने गरी केन्द्रीय सदस्य, केन्द्रीय सल्लाकार र केन्द्रीय विभाग सदस्य सम्मिलित केन्द्रीय कार्यसम्पादन इकाई गठन गर्ने निर्णय गरियो।

९) विभिन्न सन्दर्भ र प्रयोजनका लागि बनाइएका देहायका समिति तथा कार्यदलहरुको प्रयोजन पूरा भएकाले विघटन गरिएको छ।
क) नीति विचार कार्यदल, २०८०
ख) केन्द्रीय उपनिर्वाचन परिचालन समिति, २०८१
ग) विधान संशोधन सुझाव कार्यदल, २०८१
घ) केन्द्रीय समिति सदस्य सिफारिस समिति, २०७९

१०) पार्टीले संघीय सदन बाहिर रहेका राजनीतिक दलरशक्तिहरुका जनपक्षीय र राष्ट्रहितका आवाजलाई  सदनमा प्रतिनिधित्व गर्ने गरी आवश्यक कार्य अगाडि बढाउने निर्णय गरेको छ।

११) विभिन्न विषयहरुमा राजनीतिक, बौद्धिक परामर्शका लागि पार्टी केन्द्रीय तहमा सल्लाहकार परिषद् र थिंकट्यांक सदस्यहरु मनोनित गर्दै जाने निर्णय गरियो।

मनिष झा
प्रवक्ता (कार्यवाहक)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad