राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा रवि लामिछाने हिरासतमा रहेको तस्बिर सार्वजनिक प्रकरण लम्बिँदै गएको छ।
सुरुमा उक्त तस्बिर सार्वजनिक गर्ने तथा त्यो आफैँले खिचेको दाबी गर्ने लामिछानेका समर्थक डा. निकोलस भुसाल र आफूबीचको नक्कली च्याट बनाउनेविरुद्ध आफूले साइब्युरोमा निवेदन दिएको रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले बताएका छन्।
उनले सामाजिक सञ्जालमार्फत भिडिओ सन्देश जारी गर्दै निकोलस र आफूबीच च्याटमा कुराकानी भएको भनी फेक च्याट बनाएर अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको बताएका हुन्। निकोलसलाई आफूले नभेटेको नै ७ महिना भइसकेको र यसबीच कुनै सम्पर्क नभएको जिकिर उनले भिडिओ सन्देशमा गरेका छन्।
यसैले यसविरुद्ध आफूले नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी दिएको उनले उल्लेख गरेका छन्।
‘हिजोदेखि निकोलस भुसाल र मबीच कुरा भयो भनेर एउटा फेक च्याट गरेको स्क्रिनसट भाइरल छ। यो के हो भनेर धेरैले मलाई म्यासेज गरिरहेका छन्। बिहान मलाई डोनाल्ड ट्रम्पले गुडमर्निङ भनेको, नरेन्द्र मोदीले कैसे हो भाइ भनेको, केपी ओलीले के छ दीपक भनेको च्याटको स्क्रिनसट मसँग छ। भनेको यसरी फेक च्याट बनाउन मिल्छ। तर फेक च्याट बनाउनेहरूलाई साइबर कानुन आकर्षण हुन्छ’, भिडिओमा बोहराले भनेका छन्, ‘निकोलस भाइ मैले नभेटेकै ७ महिना भाको होला। निकोलस पोखरा आकै मलाई थाहा छैन। ऊ रवि दाइलाई भेट्न गाको पनि मलाई थाहा छैन। ऊ भेटेर गयो कि नेभटी गयो कि मलाई थाहा छैन। नत्र म फोटो खिच भन्थेँ। फेक च्याट भाइरल बनाउनेहरूलाई लागि मैले साइबर ब्युरोमा जानकारी गराको छु र निवेदन पनि पठाएको छु।’
दीपक बोहराको भिडिओ सन्देश-
- रवि हिरासतमा सुतिरहेको तस्बिर मैले प्रहरीकै अगाडि खिचेको हुँः निकोलस भुसाल (भिडिओ)
- रास्वपा नेता बोहोराको प्रश्न- रवि लामिछाने हिरासतमा सुतिरहेको फोटोको मूल्य कति हो?
- भाइरल तस्बिर रवि लामिछानेकै भएको प्रहरीद्वारा पुष्टि
- कास्की प्रहरीले भन्योः हिरासतमा सुतिरहेको तस्बिर सार्वजनिक गर्नेलाई कानुनी कारबाही हुन्छ
- रवि लामिछानेको भनिएको भाइरल तस्बिरबारे छानबिन गर्न गृहमन्त्रीको निर्देशन
Shares

प्रतिक्रिया