कला


धेरै वर्षपछि विष्णु माझीले गाइन् बाहिरी गीत, ‘झोर्ले हजुर’ सार्वजनिक (भिडिओ)

धेरै वर्षपछि विष्णु माझीले गाइन् बाहिरी गीत, ‘झोर्ले हजुर’ सार्वजनिक (भिडिओ)

नेपालखबर
जेठ ३१, २०८३ आइतबार १२:४२, काठमाडौँ

चर्चित लोकदोहोरी गायिका विष्णु माझीले धेरै वर्षपछि बाहिरको गीत गाएकी छिन्। उनको स्वरमा ‘झोर्ले हजुर’ बोलको नयाँ गीत सार्वजनिक भएको हो। 

यो विष्णुको धेरै वर्षपछि आफ्नो सपना म्युजिक इन्डस्ट्रिजभन्दा बाहिरी गीत हो। 

सार्वजनिक गीतमा विष्णुसँगै गायक बाबुकृष्ण परियारको स्वर सुन्न सकिन्छ। रमेश बिजीको शब्द रहेको गीतमा बाबुकृष्णकै संगीत रहेको छ। संगीत संयोजनको काम श्यामश्वेत रसाइलीले गरेका हुन्। 

गायिका विष्णु माझीले विगत केही वर्षयता बाहिरका गीतहरु गाउन छाडेकी थिइन्। वर्षभरि गुमनाम रहने उनले आफ्नो सपना म्युजिक इन्डस्ट्रिजमार्फत तीज वा दशैँमा मात्रै गीत ल्याउने गर्थिन। तर, यसपटक भने उनले तीज आउनुअघिनै फरक विधाको गीतमा स्वर दिएकी छिन्। 

मगर संस्कृति र भाषामा अभिवादनका लागि प्रयोग गरिने शब्द ‘झोर्ले’  लाई बिम्ब बनाएर तयार पारिएको छ। यसको भिडिओमा गायक बाबुकृष्णसहित सुजैन सिंह खड्काको नृत्य तथा अभिनय छ। 

मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशनमा तयार भिडिओमा बुद्ध थापाको छायांकन र अमृत चापागाईंको सम्पादन रहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad